+
+
Shares

श्रम मन्त्रालय तत्काललाई प्रधानमन्त्रीले नै राख्ने

प्रधानमन्त्री बालेन शाहले रिक्त रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पनि तत्काललाई आफैँसँग राख्ने भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २६ गते १६:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले रिक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने भएका छन्।
  • दीपककुमार साहलाई पदमुक्त गरेपछि मन्त्रिपरिषद्को कार्यविभाजन हेरफेर गरिएको छ।
  • राष्ट्रपति कार्यालयलाई सूचना पठाएर नयाँ कार्यविभाजनको निर्णय गरिएको हो।

२६ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रिक्त रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पनि तत्काललाई आफैँसँग राख्ने भएका छन् ।

दीपककुमार साहलाई मन्त्रीबाट पदमुक्त गरेपछि मौजुदा मन्त्रिपरिषद्को कार्यविभाजन हेरफेर भएको हो ।

मन्त्रिपरिषद्‌मा भएको हेरफेरको सूचना राष्ट्रपति कार्यालयलाई पठाएका छन् । त्यसको आधारमा राष्ट्रपतिले कार्यविभाजन गरेका हुन् ।

दीपककुमार साहलाई प्रधानमन्त्रीले आज बिहीबार नै पदमुक्त गरेका हुन् । पदीय मर्यादाविपरीत कार्य गरेको भन्दै पार्टी (रास्वपा) सभापतिको सिफारिसमा प्रधानमन्त्री बालेन शाहले उनलाई पदमुक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?