News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको भाउ प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ तोकेको छ।
- सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ।
- चाँदीको भाउ पनि १०५ रुपैयाँ घटेर प्रतितोला ५ हजार १० रुपैयाँ कायम भएको छ।
१० जेठ, काठमाडौं । आइतबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा २ हजार ८ सय रुपैयाँ र चाँदी १०५ रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । गत आइतबार प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।
आज चाँदी १०५ रुपैयाँ घटेसँगै प्रतितोला ५ हजार १० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ५ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो । गत आइतबार ५ हजार ६० रुपैयाँमा चाँदी कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4