News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली बजारमा शुक्रबार सुनको भाउ प्रतितोला ५ हजार ३ सय रुपैयाँले बढेर २ लाख ९२ हजार रुपैयाँ तोकिएको छ ।
- सुनसँगै चाँदीको मूल्य पनि प्रतितोला १९० रुपैयाँले बढेर ४ हजार ८४० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
- अघिल्लो हप्ताको तुलनामा भने सुनको मूल्यमा गिरावट आई एक सातामा तोलामा १७ हजार रुपैयाँ घटेको छ ।
२९ जेठ, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ५ हजार ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ८६ हजार ७ सय रुपैयाँ थियो । एक साताको अवधिमा भने सुनको भाउ १७ हजार रुपैयाँ घटेको छ । गत शुक्रबार सुनको भाउ तोलामा ३ लाख ९ हजार रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ प्रतितोला आज १९० रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८४० रुपैयाँ पुगेको छ । यसअघि गत शुक्रबार चाँदी ५ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4