+
+
Shares

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु   

रासस रासस
२०८३ असार २ गते १२:२९

२ असार, बारा । बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय सोभालाल चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार राति करिब १ः३० बजे आफ्नै एकतले पक्की घरको छतबाट खसेर चौधरी गम्भीर घाइते भएका थिए ।

टाउको र मुखमा गम्भीर चोट लागेका चौधरीको उपचारका क्रममा बिहान परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा मृत्यु भएको हो ।

चौधरीलाई कोल्हवीस्थित तामागढी अस्पतालबाट थप उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको थियो । उनको बिहान करिब ५ः०० बजे मृत्यु भएको बाराका प्रहरी प्रवक्ता मीनबहादुर घलेले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?