News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित पाल्पाका १९ वर्षीय समीर बहादुर मगर पक्राउ परेका छन् ।
- दुबई जान लागेका मगरका साथबाट प्रहरीले ३० जेठमा साउदी रियाल बरामद गरेको हो ।
- पक्राउ परेका मगरलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ ।
१ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३० हजार साउदी रियालसहित एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाल्पाको रामपुर नगरपालिका–१० घर भएका १९ वर्षीय समीर बहादुर मगर छन् । उनी ३० जेठको साँझ ८ बजेतिर हिमालय एअरलाइन्सको उडानमार्फत काठमाडौंबाट दुबई जान लागेका थिए ।
उनको साथबाट ४० हजार रियाल अर्थात नेपाली रुपैयाँ १२ लाख १४ हजार बरामद भएको प्रहरीले बताएको छ । पक्राउ परेका उनलाई राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4