News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी निरीक्षक सन्तोषकुमार खड्का जेठ महिनाको उत्कृष्ट प्रहरी घोषित हुँदै पुरस्कृत भएका छन् ।
- अपराध अनुसन्धान तथा नियन्त्रणमा उत्कृष्ट भूमिका निर्वाह गरेबापत उनलाई एसएसपी सन्तोष खड्काले पुरस्कृत गरेका हुन् ।
१ जेठ, काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत इन्स्पेक्टर (प्रहरी निरीक्षक) सन्तोषकुमार खड्का उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
अपराध अनुसन्धान कार्यालयले जेठ महिनाको उत्कृष्ट प्रहरी घोषित गर्दै इन्स्पेक्टर खड्कालाई पुरस्कृत गरेको हो । हरेक महिना उत्कृष्ट कार्य गर्ने प्रहरीलाई प्रोत्साहन स्वरूप पुरस्कृत गर्ने चलन छ ।
अपराध अनुसन्धान कार्यालय टेकुमा कार्यरत इन्स्पेक्टर खड्काले अपराध अनुसन्धान तथा नियन्त्रणमा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै एसएसपी सन्तोष खड्काले पुरस्कृत गरेका हुन् ।
यसअघि उनी लामो समय नगर प्रहरी अर्थात पुलिस क्बल भृकुटीमण्डमा बसेर काम गरेका थिए । भिड नियन्त्रण र अपराध अनुसन्धानमा उनी पोख्त रहेको बताइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4