News Summary
Generated by OK AI. Editorially reviewed.- तीन दिनयता चाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै प्रतितोला ३,५४५ रुपैयाँ पुगेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको उल्लेख गरेको छ।
- सुनको मूल्य सामान्य घटेर प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँ तोकिएको छ।
१६ मंसिर, काठमाडौं । तीन दिनयता चाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाएको छ ।
अघिल्लो दिनको तुलनामा आज मंगलबार चाँदी प्रतितोला १० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदी प्रतितोला ३,५४५ रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन ३,५३५ रुपैयाँमा कारोबार भएको थियो भने आइतबार ३,४९० रुपैयाँमा कारोबार भएको थियो । यसअघि असोज ३१ गते कायम भएको उच्च मूल्य रेकर्ड आइतबार तोडिएको थियो ।
सुनको भाउ सामान्य घटेको छ । अघिल्लो दिनको तुलनामा तोलामा ३०० रुपैयाँ मूल्य घटेको हो । यस दिन सुनको भाउ प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन २ लाख ५३ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको भाउ यसअघि असोज ३१ गते हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4