
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार चाँदीको मूल्य प्रतितोला २ हजार १५० रुपैयाँ पुगेको जानकारी दिएको छ।
- यस दिन चाँदीको मूल्य ७५ रुपैयाँले बढेको र यो हालसम्मकै उच्च हो भने सुनको मूल्य स्थिर रहेको छ।
- अन्तर्राष्ट्रिय बजारमा चाँदी र सुनको मूल्य थप बढ्ने सम्भावना रहेको छ।
२३ जेठ, काठमाडौं । शुक्रबार चाँदीको मूल्यमा नयाँ रेकर्ड बनेको छ । एकैदिन चाँदीको भाउ प्रतितोला ७५ रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन चाँदी प्रतितोला २ हजार १५० रुपैयाँ पुगेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । अघिल्लो दिन २ हजार ७५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
सुनको भाउ भने शुक्रबार स्थिर रहेको छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा सुनको कारोबार हुने महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदीसँगै सुनको मूल्य थप बढ्ने अनुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4