+
+
Shares

चाँदीको मूल्यमा नयाँ रेकर्ड, सुन ३ सय घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते १०:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार चाँदीको मूल्य प्रतितोला २३५५ रुपैयाँ तोकेको छ।
  • चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ५ रुपैयाँ बढेको छ र यो अहिलेसम्मकै उच्च मूल्य हो।
  • सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार २ सय रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिनभन्दा ३ सय रुपैयाँ कम हो।

९ भदौ, काठमाडौं । सोमबार चाँदीको मूल्यमा नयाँ रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले चाँदीको मूल्य प्रतितोला २३५५ रुपैयाँ तोकेको छ ।

अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य ५ रुपैयाँ बढेको हो । यद्यपि आजको मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि गत साउन ७ गते र हिजो आइतबार प्रतितोला २३५० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

चाँदी महँगिदा पनि सुनको भाउ घटेको छ । सुन तोलामा ३ सय रुपैयाँ घटेको महासंघले जनाएको छ । आजका लागि महासंघले सुनको भाउ प्रतितोला १ लाख ९७ हजार २ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ९७ हजार ५ सय रुपैयाँ थियो । सुनको भाउ यसअघि साउन २३ गते हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?