
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले २३ साउनका लागि सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ तोकेको छ।
- सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार रुपैयाँले बढेको छ।
- चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर २३२५ रुपैयाँ कायम भएको छ।
२३ साउन, काठमाडौं । शुक्रबार सुनको मूल्य इतिहासकै उच्च भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा सुन तोलामा १ हजार रुपैयाँ बढेको हो । यसअघि गत मंगलबार मूल्यले १ लाख ९८ हजार ५ सयको उच्चतम रेकर्ड बनाएको थियो ।
चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँ बढेसँगै २३२५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्यमा यसअघि साउन ७ गते २३५० रुपैयाँको रेकर्ड बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4