+
+
Shares

यो साता तोलामा १३ हजार रुपैयाँ बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २० गते ११:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यो साता सुनको भाउ प्रतितोला १३ हजार रुपैयाँले बढेर २ लाख ९४ हजार रुपैयाँमा पुगेको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको सुनको भाउ अघिल्लो दिनको तुलनामा स्थिर रहेको जनाएको छ।
  • चाँदीको भाउ यो साता प्रतितोला १६० रुपैयाँले बढेर आज ४ हजार ८३० रुपैयाँ कायम भएको छ।

२० चैत, काठमाडौं । यो साता सुनको भाउ प्रतितोला १३ हजार रुपैयाँ बढेको छ । गत शुक्रबार प्रतितोला २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९४ हजारमा कारोबार भएको छ ।

यद्यपि अघिल्लो दिनको तुलनामा आज सुनको भाउ स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन पनि यही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै यो साता चाँदीको भाउ तोलामा १६० रुपैयाँ बढेको छ । गत शुक्रबार प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८३० रुपैयाँ कायम छ । अघिल्लो दिनको तुलनामा आज चाँदी ५० रुपैयाँ बढेको हो । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?