+
+
Shares

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते ११:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँ कायम गरेको छ ।
  • अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।
  • चाँदीको मूल्यमा भने प्रतितोला २५ रुपैयाँको वृद्धि भई ४ हजार ६ सय ७० रुपैयाँ पुगेको छ ।

२५ साउन, काठमाडौं । अघिल्लो दिन प्रतितोला ४ हजार ८ सय रुपैयाँ बढेको सुनको मूल्य सोमबार जम्मा २ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार ७ सय रुपैयाँ थियो ।

विगत पाँच कारोबार दिनलाई हेर्दा सुनको मूल्य प्रतितोला १७ हजार ७ सय रुपैयाँ बढेको छ । गत मंगलबार सुनको भाउ प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँ बढेको छ । हिजो ४ हजार ६४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६७० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?