+
+
Shares

दसैंपछि तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ८ गते १०:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले दसैंपछि आज सुनको मूल्य प्रतितोला ११ हजार ७ सय रुपैयाँ घटाएर २ लाख ७८ हजार ५ सय रुपैयाँ कायम गरेको छ।
  • महासंघका अनुसार गत सोमबार २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेसँगै घटेको हो।
  • चाँदीको भाउ पनि प्रतितोला २३० रुपैयाँ घटेर ३ हजार ९५५ रुपैयाँमा झरेको छ।

८ कात्तिक, काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दसैंपछि आज सुनचाँदीको मूल्य समायोजन गरेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा दसैंपछि सुनको मूल्य उच्च दरले घटेको महासंघले जनाएको छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि गत सोमबार २ लाख ९० हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सोमबारयता आजै नयाँ मूल्य तय भएको हो ।

त्यस्तै चाँदीको भाउ प्रतितोला २३० रुपैयाँ घटेको छ । गत सोमबार चाँदी प्रतितोला ४ हजार १८५ रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार ९५५ रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?