+
+
Shares

४ दिनमा प्रतितोला ८ हजार १ सय रुपैयाँ घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २९ गते १०:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विगत चार दिनमा सुनको मूल्य तोलामा ८ हजार १ सय रुपैयाँ घटेर बिहीबार २ लाख ८८ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
  • अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँ घटेर २ लाख ८९ हजार ५ सय रुपैयाँबाट २ लाख ८८ हजार ४ सय रुपैयाँमा झरेको छ।
  • आज चाँदी तोलामा २२० रुपैयाँ घटेर ४ हजार ३५ रुपैयाँ कायम भएको छ।

२९ असोज, काठमाडौं । विगत ४ दिनमा सुनको मूल्य तोलामा ८ हजार १ सय रुपैयाँ घटेको छ ।

आइतबार प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार २ लाख ८८ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य १ हजार १ सय रुपैयाँ घटेको हो । अघिल्लो दिन २ लाख ८९ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै चाँदी आज तोलामा २२० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार २५५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ३५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदी ४ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?