+
+
Shares

तोलामा ७ हजार ४ सय रुपैयाँ बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते ११:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको भाउ प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ तोकेको छ।
  • सुनको भाउ विगत एक सातामा ९ हजार १ सय रुपैयाँले बढेको छ।
  • चाँदीको भाउ पनि बुधबार प्रतितोला १०० रुपैयाँले बढेर ४ हजार ९४५ रुपैयाँ पुगेको छ।

१८ चैत, काठमाडौं । बुधबार सुनको भाउ तोलामा ७ हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९० हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

समग्रमा विगत एक सातामा सुनको भाउ ९ हजार १ सय रुपैयाँ बढेको छ । गत बुधबार २ लाख ८८ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदी पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १०० रुपैयाँ बढेको हो । हिजो प्रतितोला ४ हजार ८४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९४५ रुपैयाँमा पुगेको छ । गत बुधबार चाँदी प्रतितोला ४ हजार ४९२० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा केही दिनयता सुनचाँदीको भाउ बढेसँगै नेपाली बजारमा पनि प्रभाव परेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?