Comments Add Comment

मार्केट

List Grid
जोशी हाइड्रोपावरको आईपीओे बाँडफाँट भोलि

२४ मंसिर, काठमाडौं । जोशी हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) मंगलबार (भोलि) बाँडफाँट हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गरेको १५ लाख ५५ हजार २ सय ३३ कित्ता आईपीओ मंगलबार जारी गर्न लागिएको हो । कम्पनीले गत मंसिर १६ गतेदेखि १९ गतेसम्म आईपीओका लागि आवेदन आहृवान गरेको थियो । कम्पनीको बिक्री प्रवन्धकमा सिद्धार्थ […]

अर्थमन्त्रीको राजीनामा माग्दै सेयर बजार लगानीकर्ता अनसनमा

२४ मंसिर, काठमाडौं । पुँजी बजार लगानीकर्ताहरुले सोमबार पनि अनसनलाई निरन्तरता दिएका छन् । पुँजी बजार सुधार र विस्तारका लागि भन्दै आइतबारलदेखि शुरु भएको रिले अनसनलाई लगानीकर्ताहरुले सोमबार थप मागसहित निरन्तरता दिएका हुन् । उनीहरुले विभिन्न १० बुँदामा आफ्ना मागहरु राखेर अनसन शुरु गरेका थिए । सोमबारसम्म आइपुग्दा उनीको माग बढेर १३ बुँदे पुगेको छ […]

सुधारियो सेयर बजार, करिब ११ अंकले बढ्यो परिसूचक

२३ मंसिर, काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा सुधार भएको छ । आइतबार सेयर बजार करिब ११ अंकले सुधारिएको हो । धेरै जसो समूहहरु हरियाली देखिदा सेयर बजार १० दशमलव ८५ अंकले उकालो लागेको छ । सेयर बजारमा १० दशमलव ८५ अंकको सुधार देखिएसँगै नेप्से परिसूचक १ हजार १ सय ३१ दशमलव ७० मा […]

पूँजीबजार सुधारको माग गर्दै अनशन

२३ मङ्सिर, काठमाडौँ । शेयर लगानीकर्ता दबाब समूहले पूँजीबजार सुधार तथा विस्तारको माग गर्दै भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालयअगाडि अनशन शुरु गरेको छ । समूहका संयोजक हरि ढकालको नेतृत्वमा १२ जना अनिश्चितकालीन रिले अनशनमा बसेका हुन् । बैंक खाता र डिम्याट खाता इन्टिग्रेट भएको अनलाइन कारोबार प्रणालीको पहुँच तत्काल लगानीकर्तामा पुर्‍याउन आग्रह गरिएको छ । […]

सेयर बजारमा सुधार

२० मंसिर, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजारमा सुधार देखिएको छ । बुधबार करिब २३ अंकले ओरालो लागेको सेयर बजार बिहीबार २ दशमलव ९० अंकले सुधार देखिएको हो । सेयर बजारमा २ दशमलव ९० दशमलव अंकले सुधार देखिँदा नेप्से परिसूचक १ हजार १ सय २१ दशमलव ०३ मा पुगेको छ । नेप्से […]

सेयर बजारसम्बन्धी विषय पाठ्यक्रममै राख्न बाेर्डकाे आग्रह

२० मंसिर, काठमाडाैं । पुँजी बजारको विस्तार तथा विकासका लागि विद्यालय तथा विश्वविद्यालयतहमा धितोपत्र बजारसम्बन्धी विषय पाठ्यक्रममा राखेर अध्ययन अध्यापन गराउन नेपाल धितोपत्र बोर्डले आग्रह गरेको छ । बोर्डका प्रवक्ता नीरज गिरीले माध्यमिक र विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहमा धितोपत्र बजारसम्बन्धी विषयवस्तु समावेश गर्न आग्रह गरिएको जानकारी दिए । बोर्डले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका मानविकी तथा समाजशास्त्र, […]

सेयर बजारमा भारी गिरावट

१९ मंसिर, काठमाडाैं । धितोपत्र बजारमा आज सेयरको मूल्यमा उच्च अंकको गिरावट आएको छ । सोमबार र मंगलबार बढेको बजार आज भने करीब २३ अंकले घटेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२ दशमलव ८ अंकले घटेर एक हजार ११८ दशमलव १९ बिन्दुमा पुगेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार […]

सेयर बजारमा भारी गिरावट

१६ मंसिर, काठमाडौं । साताको आइतबार सेयर बजारमा भारी गिरावट देखिएको छ । आइतबार सेयर बजार १७ दशमलव ७३ अंकले घटेको हो । १७ दशमलव ७३ अंकले ओरालो लागेर नेप्से परिसूचक १ हजार १ सय ३० दशमलव ६३ को बिन्दुमा झरेको छ । कारोबार रकम भने आइतबार राम्रै देखिएको छ । दिनभरमा १ सय ५६ […]

दाेहाेराे अंकले घट्याे सेयर बजार

१३ मंसिर, काठमाडाैं ।  धितोपत्र बजारमा आज सेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट भएको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलव ३७ बिन्दुले घटेर एक हजार १४८ दशमलव ७० बिन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको सेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव २१ बिन्दुले घटेर २४४ दशमलव २३ […]

आवेदन दिने सबैले पाए माथिल्लो तामाकोशीको शेयर

११ मङ्सिर, काठमाडौँ ।  माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले गत कात्तिक १५ गतेदेखि १९ गतेसम्म बिक्री गरेको साधारण शेयर सबै आवेदकले पाएका छन् । आज यहाँ आयोजित एक कार्यक्रममा बिक्री प्रवन्धक नागरिक लगानी कोषले कम्पनीको साधारण शेयरबाट सबै आवेदक लाभान्वित भएको जनाएको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार शेयर आवेदन दिने सबै आवेदकलाई ४० […]

लगानीकर्ताको प्रदर्शन प्रभावः आइतबारदेखि अनलाइन तालिम

११ मंसिर, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले आगामी आइतबारदेखि अनलाइन ट्रेडिङ सम्बन्धी तालिम दिने भएको छ । सोमबार प्रदर्शनका लागि नेपाल स्टक एक्सचेञ्ज पुगेका पुँजी बजारका लगानीकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आगामी आइतबारदेखि अनलाइन ट्रेडिङ सम्बन्धी तालिम प्रदान गर्ने प्रतिवद्धता जनाएका हुन् । अनलाइन कारोबार प्रणालीमा विभिन्न समस्या देखिएको र त्यसले सेयर बजारमा ठूलो असर […]

नेप्सेको कार्यालयमा लगानीकर्ता, सीईओ साउदसँग दोहोरो संवाद

१० मंसिर, काठमाडौं । पुँजी बजारका लगानीकर्ताहरु नेपाल स्टक एक्सचेञ्जको कार्यालय घेराउ गर्न पुगेका छन् । अनलाइन कारोबार प्रणालीमा विभिन्न समस्या देखिएको र त्यसले सेयर बजारमा ठूलो असर गरेको भन्दै पुँजी बजार लगानीकर्ताहरुका विभिन्न ४ वटा संगठन नेप्से कार्यालय घेराउ गर्न पुगेका हुन् । नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल, नेपाल इन्भेष्टर फोरमका […]

कृषकले तरकारी खेती गर्न छाडेपछि व्यवसायी नै उत्पादनमा

७ मंसिर, झापा । विभिन्न रोगका कारण उत्पादन घटेर किसानले तरकारी खेती गर्न छोडेपछि पुख्र्यौली पेशाका रुपमा तरकारी मन्डी चलाउँदै आएका दमकका एक व्यवसायीले लिजमा जमिन लिएर तरकारी फर्म सञ्चान गर्न थालेका छन् । किसानले तरकारी उत्पादन हुन छाडेको भन्दै बजारमा तरकारीको अभाव खड्किएसँगै झापाको चारालीमा तरकारी मन्डी चलाउँदै आएका दमक—६ का पप्पु चौधरीले बुद्धशान्ति—६, […]

सेयर बजार घट्नुको कारण: नगद लाभांश र तरलता अभाव !

६ मंसिर, काठमाडौं । साताको पहिलो दिन आइतबार ओरालो लागेको सेयर बजार साताको अन्तिम दिन बिहीबार पनि घटेरै बन्द भएको छ । तर, यस बिचको कारोबारहरु समेत बढ्न भने सकेका छैनन् । बुधबार शून्य दशमलव ८० अंकले हरियो देखिएको सेयर बजारले लगानीकर्तालाई केही आशा जगाएको थियो । बिहीबार पनि घटेरै बन्द भए पछि लगानीकर्ताहरु निराश […]

सेयर बजार पुनः ओरालो दिशामा

६ मंसिर, काठमाडौं । सेयर बजार पुनः ओरालो लागेको छ । साताको पहिलो दिनदेखि नै निरन्तर ओरालो लागिरहेको सेयरमा बुधबार केहि सुधार हुने संकेत देखिएको थियो । बुधबार नेप्से परिसूचक करिब १ अंकले बढे पनि साताको अन्तिमदिन भने सेयर बजारमा १ अंकभन्दा बढीको गिरावट आएको छ । दिनभरमा भएका ४ हजार ३ वटा कारोबारबाट १ […]

सामूदायिक लघुवित्तको आईपीओमा ६१ गुणा बढी आवेदन

६ मंसिर, काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) मा आकर्षण देखिएको छ । गत आइतबारदेखि खुला भएको संस्थाको आईपीओका लागि आवेदन बुधबार बन्द भएको छ । यस संस्थाको आईपीओमा माग गरिएको भन्दा करिब ६१ गुणा बढी आवेदन परेको बिक्री प्रवन्धक एसविआइ क्यापिटलले जनाएको छ । यस अघि मंगलबार साझसम्म गुणा बढी आवेदन […]

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम पनि बढ्यो

५ मंसिर, काठमाडौं । सेयर बजारमा झिनो सुधार देखिएको छ । साताको पहिलो दिनदेखि नै निरन्तर ओरालो लागेको सेयर बजार बुधबार एक अंकले सुधार भएको हो । बुधबार सेयर बजारमा एक अंकको सुधार आउँदा नेप्से परिसूचक बढेर १ हजार १ सय ८२ दशमलव ७४ मा आइपुगेको छ । नेप्से परिसूचकसँगै बुधबार कारोबार रकममा समेत सुधार […]

सामूदायिक लघुवित्तको आईपीओ भर्ने अन्तिम दिन अाज

५ मंसिर, काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) मा आवदेन दिने म्याज आज (बुधबार) सकिँदैछ । गत आइतबारदेखि खुला भएको संस्थाको आईपीओ आज सकिने भएको हो । संस्थाको आईपीओका लागि आज कार्यालय समयभित्र आवेदन परेका आवेदनहरु मान्य हुने बताइएको छ । आईपीओ छिटोमा मंसिर ५ र ढिलोमा पुस २ गतेसम्म खुलाउने बताइएकोमा […]

सेयर बजार नसुधारिए नेप्से घेर्ने संघको चेतावनी

५ मंसिर, काठमाडौं । बहुप्रतिक्षित अनलाइन कारोबार प्रणाली शुरु भए पछि निरन्तर सेयर बजार ओरालो लागेको भन्दै नेपाल पूँजी बजार लगानीकर्ता संघले आपत्ति जनाएको छ । अन्तर्राष्ट्रिय बजारको इतिहासमा अनलाइन प्रणाली शुरु भए पछि ६५ प्रतिशतसम्म सेयर बजार बढ्ने गरेको तर, नेपालमा यो प्रणाली शुचारु भए पछि निरन्तर ओरालो लागेको भन्दै संघले आपत्ति जनाएको हो […]

रोकिएन सेयर बजारमा गिरावट

४ मंसिर, काठमाडौं । सेयर बजार लगातार ओरालो लाग्न थालेको छ । सोमबार करिब ६ अंकको गिरावट आएको सेयर बजारमा मंगलबार ८ दशमलव ५४ अंकले ओरालो लागेको हो । त्यस अघि साताको पहिलो दिन आइतबार पनि दोहोरो अंकले सेयर बजार ओरालो लागेको थियो । मंगलबार सेयर बजारमा ८ दशमलव ५४ अंकले ओरालो लाग्दा नेप्से परिसूचक […]

सेयर बजार करिब ६ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

३ मंसिर, काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा करिब ६ अंकको गिरावट आएको छ ।  आइतबार दोहोरो अंकले घटेको सेयर सोमबार ५ दशमलव ९० अंकले ओरालो लागेको हो । सेयर बजार निरनतर ओरालो लाग्दा नेप्से परिसूचक १ हजार १ सय ८९ दशमलव ५६ को बिन्दुमा आइपुगेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत […]