
३० चैत, काठमाडौं । अघिल्लो दिन तोलामा जम्मा २ सय रुपैयाँ घटेको सुन शुक्रबार फेरि नयाँ उचाइमा पुगेको छ । अघिल्लो दिनको तुलनामा यस दिन सुन प्रतितोला २ हजार ४ सय रुपैयाँ बढेको छ ।
हिजो प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । आज शुक्रबार प्रतितोला १ लाख ३९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य तोलामै ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७५० कायम भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4