Comments Add Comment

मार्केट

List Grid
निरन्तर ओरालो लाग्दै सेयर बजार, ५ दिनमै ३६ अंकको गिरावट

१९ पुस, काठमाडौं । यो साता सेयर बजार लगातार ओरालो लागेको छ । साताको पहिलो कारोबार आइतबार दोहोरो अंकले ओरालो लागेको सेयर साताको अन्तिम कारोबार बिहीबारसम्म आइपुग्दा १.५६ अंकले ओरालो लागेको हो । साताभरीमा ५ दिन भएको कारोबारमा नेप्से परीसूचक ३६ दशमलव ५२ अंकले ओरालो लागेको छ ।  साताको पहिलो दिन आइतबार १० दशमलव ६२ अंकले, […]

रोकिएन सेयर बजारमा गिरावट, २ दिनमा २७ अंकले ओरालो

१६ पुस, काठमाडौं । अघिल्लो साता सुधार देखिएको सेयर बजार यो साता भने शुरुवाती देखि नै ओरालो लाग्न शुरु गरेको हो । साताको पहिलो र दोस्रो दिन गरेर सेयर बजारमा २७ अंकको गिरावट आएको छ । सोमबार सेयर बजारमा १७ दशमलव २६ अंकले गिरावट आएर नेप्से परिसूचक १ हजार १ सय ८७ दशमलव २८ मा […]

सेयर बजारमा दोहोरो अंकको गिरावट

१५ पुस, काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । आइतबार सेयर बजार १० दशमलव ६२ अंकले ओरालो लागेको हो । १०.६२ अंकले ओरालो लाग्दा नेप्से परिसूचक १ हजार २ सय ४ दशमलव ५४ मा आइपुगेको छ । परिसूचकसँगै कारोबार रकममा समेत गिरावट देखिएको छ । दिनभर भएका ५ हजार […]

सेयर बजारको वृद्धि एक दिनभन्दा टिकेन, नेप्से ६ अंकले घट्यो

९ पुस, काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा देखिएको उत्साह दोस्रो दिनसम्म आइपुग्दा पुन ओरालो लागेको छ । आइतबार ३२ अंक भन्दा बढीले बढेको सेयर बजार सोमबार ओरालो लागेको हो । सोमबार सेयर बजार ६ दशमलव ४५ अंकले ओरालो लागेको छ । १ हजार १ सय ९८ दशमलव २४ अंकबाट शुरु भएको कारोबार ६ […]

एक वर्षमा २ सय ८४ अंकले घट्यो सेयर बजार

९ पुस, काठमाडौं । एक वर्षको अवधिमा २ सय ८४ अंकले सेयर बजार ओरालो लागेको छ । आर्थिक वर्ष २०७४/७५ को प्रथम चौमासिकको तुलनामा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सेयर बजार २ सय ८४ अंकले ओरालो लागेको हो । नेपाल राष्ट्र बैंकका अनुसार नेप्से सूचकांक वार्षिक बिन्दुगत आधारमा १९.१ प्रतिशतले ह्रास भई २०७५ कात्तिक मसान्तमा १२०५ […]

सेयर बजारमा ३२ अंकको वृद्धि, ८४ करोड नाघ्यो कारोबार

८ पुस, काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा ठूलो अंकको सुधार देखिएको छ । आइतबार सेयर बजार ३२ दशमलव २४ अंकले बढेर नेप्से परीसूचक १ हजार १ सय ९८ दशमलव १८ मा पुगेको हो । परिसूचकसागै कारोबार रकम पनि बढेको छ । आइतबार दिनभरमा भएका ८ हजार ६ सय ७० कारोबारबाट १ सय ६४ […]

नेप्सेद्वारा ५ बैंकको सेयर कारोबार रोक्का

५ पुस, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले ५ बैंकको सेयर कारोबार रोक्का गरेको छ । सूचीकरण नियमावलीको कार्यान्वयन नगरेको पाइएपछि ३ वाणिज्य बैंकसहित ५ बैंकको सेयर कारोबार रोक्का गरिएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले अनलाइनखबरलाई बताए । प्रवक्ता पराजुलीका अनुसार वाणिज्य बैंकहरुमा सनराइज बैंक, हिमालयन बैंक र मेगा बैंकको कारोबार रोकिएको छ भने विकास बैंकहरुमा मिसन […]

तुहियो सेयर लगानीकर्ताको आन्दोलन, अनशनकारी घर फर्किए

५ पुस, काठमाडौं । पूँजीबजार लगानीकर्ताहरुको एउटा समुहले विभिन्न माग राखेर सुरु गरेको आन्दोलन बीचमै तुहिएको छ । तीन दिनदेखि आमरण अनसनमा बसेका दुई लगानीकर्ताले बिहीबार अनसन तोडेका छन् । लगानीकर्ताद्वय हरि ढकाल र तिलक कोइराला आमरण अनसनमा थिए । आफूहरुको माग पूरा हुन नसक्ने निश्कर्ष निकाल्दै उनीहरुले अनसन तोडेका हुन् । शुरुमा नेप्से कार्यालय […]

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट आज

४ पुस, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) आज बाँडफाँट हुने भएको छ । दुई चरणमा गरेर आवेदन आहृवान गरेको आयोजनाको आईपीओ अपरान्ह ३ बजे बाँडफाँट गरिने शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लिएको ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ । आयोजनाको आईपीओका लागि पहिलो चरणमा कात्तिक २८ गतेदेखि मंसिर १४ गतेसम्म […]

वाणिज्य बैंकको सेयर सय रुपैयाँमा पनि विकेन

३ पुस, काठमाडौं । कुनै बेला जलविद्युतमा घण्टौ लाइन लागेर सेयर भर्ने सर्वसाधारणहरु यतिबेला घरबाटै आवेदन दिन समेत अग्रसर देखिँदैनन् । मुलुकमा जलविद्युत् आयोजनाको संख्या बढेको छ तर, कम नाफा कमाउने भएकाले यो क्षेत्रमा सर्वसाधारण लगानी गर्न कम मात्रै अग्रसरता देखाउँछन् । जलविद्युत्सँगै पछिल्लो समय ठूला बैंकहरूकाे सेयरमा समेत सर्वसाधारणको आकर्षण कम देखिन थालेको छ […]

लगानीकर्ताहरुलाई संयमित हुन धितोपत्र बोर्डको आग्रह

३ पुस, काठमाडौं । नेपाल धितोपत्र बोर्डले संयमित हुन पुँजी बजार लगानीकर्ताहरुलाई आग्रह गरेको छ । मंगलबार पे्रस विज्ञप्ती जारी गर्दै बोर्डले दोस्रो बजार कारोवार रोक्ने सम्बन्धी भएका अवाञ्छित स्थिति सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको भन्दै संयमित हुन आग्रह गरेको हो । पछिल्लो समयमा मुद्रा तथा पुँजी बजारमा देखिएका प्रवृतिहरुको (व्याजदर, शेयर बजार, ऋणपत्र) समग्र मूल्याकंन […]

आधा घण्टा बढी कारोबार ठप्प भएको सेयर बजार अन्ततः उर्लियो

२ पुस, काठमाडौं । साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ ।  सेयर बजार सुधार र विस्तारको माग गर्दै आमरण अनसन शुरु भएकै दिन सोमबार सेयर बजार दोहोरो अंकले सुधार देखिएको हो । आइतबार करिब १९ अंकले बढेको सेयर बजार सोमबार १५ दशमलव १७ अंकले बढेको हो । आइतबार बजार बढे पनि […]

सेयर लगानीकर्ता आमरण अनसनमा, अर्थमन्त्रीको राजीनामा माग

२ पुस, काठमाडौं । सेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा आमरण अनसन सुरु गरेका छन । सेयर बजार सुधार र बिस्तारको माग गर्दै एक साता अघिदेखि रिले अनसन सुरु गरेका उनीहरुको माग सरकारले सुनुवाइ नगरेपछि काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक एक्जेञ्च कार्यालयको मूलगेटमै आमरण अनसन सुरु गरेका हुन् । सोमबारदेखि सेयर लगानीकर्ता […]

किन ठप्प भयाे सेयर कारोबार ?

२ पुस, काठमाडौं । सोमबार सेयर बजारको कारोबार ठप्प भएको छ । लगानीकर्ताहरुको आहृवान पछि सेयर बजार खुले पनि कारोबार भने ठप्प भएको हो । बिहान सधैको समयमा नै बजार खुले पनि कारोबार भने हुन नसकेको नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुरारी पराजुलीले जानकारी दिए । लगानीकर्ताको आन्दोलन प्रभाव स्वरुप सेयर बजारमा कारोबार भएको प्रवक्ता पराजुलीले […]

सेयर लगानीकर्ताको अधिकांश माग सम्बोधन हुँदै

२ पुस, काठमाडौं । सेयर लगानीकर्ताहरुको अधिकांश माग सम्बोधन हुने भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा व्याजदर र पुँजी बजार सम्बन्धी अध्ययन गर्न अर्थमन्त्रालयले बनाएको समितिले पुँजी बजारका अधिकांश माग सम्बोधन हुने गरी अर्थमन्त्रालयमा प्रतिवेदन बुझाउने तयारी गरेको हो । समितिलाई वाणिज्य बैंकहरुको साझा संगठन नेपाल बैंकर्स संघ र सेयर […]

पुसलाई नेप्सेको ग्रीन सिग्नल, परिसूचकसँगै कारोबार रकम पनि उच्च

१ पुस, काठमाडौं । पुस महिनाको पहिलो दिन नै सेयर बजारमा हरियाली छाएको छ । महिनाकाे पहिलाे दिन आइतबार व्यापार समूह बाहेक सबै हरियाली छाएर पुसलाई सेयर बजारले स्वागत गरेको हो । आइतबार सेयर बजार १८ दशमलव ८९ अंकले उकालो लागेको छ । कारोबार शुरु भएसँगै उकालो लाग्नु शुरु भएको बजार एक पटक करिब २० […]

चौतारी लघुवित्तको आईपीओ बाँडफाँट, ५६ हजार ७० जनाले पाए सेयर

२८ मंसिर, काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट गरिएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले शुक्रबार बाँडफाँट गरेको आईपीओ आवेदन दिएकामध्ये ५६ हजार ७० जनाले पाएका छन् । कम्पनीको आईपीओमा २ लाख ७३ हजार ५ सय जनाले १ करोड ७१ लाख कित्ताका लागि आवेदन दिएका थिए । आवेदन दिएका मध्ये ५६ […]

टिकेन सेयर बजारकाे हरियाली, नेप्से परिसूचक ३ अंकले घट्यो

२५ मंसिर, काठमाडौं । साताको पहिलो दिन र दोस्रो दिन लगातार दोहोरो अंकले वृद्धि भएको सेयर बजार साताको तेस्रो दिनसम्म आइपुग्दा ओरालो लागेको छ । मंगलबार सेयर बजारमा ३ दशमलव ०८ अंकले ओरालो लागेको हो । सेयर बजार ३ अंक भन्दा बढीले घट्दा नेप्से परिसूचक घटेर १ हजार १ सय ४१ दशमलव १० विन्दुमा मा […]

सेयर बजार बढ्ने क्रम जारी, १२ अंकले बढ्यो परिसूचक

२४ मंसिर, काठमाडौं । साताको पहिलो दिन आइतबारदेखि शुरु भएको सेयर बजार बढ्नेक्रम सोमबार पनि जारी रहृयो ।  अनलाइन कारोबार प्रणालीको औपचारिक शुभारम्भ भएकैदिनदेखि घट्न थालेको सेयर बजार सुधारोन्मुख देखिएको हो । सोमबार नेप्से परिसूचक १२ दशमलव ४९ अंकको सुधार भएको छ । यसअघि आइतबार सेयर बजार १० दशमलव ८५ अंकले उकालो लागेको थियो । […]

जोशी हाइड्रोपावरको आईपीओे बाँडफाँट भोलि

२४ मंसिर, काठमाडौं । जोशी हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) मंगलबार (भोलि) बाँडफाँट हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गरेको १५ लाख ५५ हजार २ सय ३३ कित्ता आईपीओ मंगलबार जारी गर्न लागिएको हो । कम्पनीले गत मंसिर १६ गतेदेखि १९ गतेसम्म आईपीओका लागि आवेदन आहृवान गरेको थियो । कम्पनीको बिक्री प्रवन्धकमा सिद्धार्थ […]

अर्थमन्त्रीको राजीनामा माग्दै सेयर बजार लगानीकर्ता अनसनमा

२४ मंसिर, काठमाडौं । पुँजी बजार लगानीकर्ताहरुले सोमबार पनि अनसनलाई निरन्तरता दिएका छन् । पुँजी बजार सुधार र विस्तारका लागि भन्दै आइतबारलदेखि शुरु भएको रिले अनसनलाई लगानीकर्ताहरुले सोमबार थप मागसहित निरन्तरता दिएका हुन् । उनीहरुले विभिन्न १० बुँदामा आफ्ना मागहरु राखेर अनसन शुरु गरेका थिए । सोमबारसम्म आइपुग्दा उनीको माग बढेर १३ बुँदे पुगेको छ […]