२७ भदौ, काठमाडौं । बुधबार उच्च मूल्यमा पुगेको सुन बिहीबार तोलामा १ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि पनि सुन प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन १ लाख ५३ हजार ४ सय थियो । भदौको कुनै पनि दिन सुनको मूल्य १ लाख ५१ हजार रुपैयाँभन्दा तल झरेन ।
यसले आगामी महिना सुनको मूल्य थप महँगिन सक्ने संकेत गरेको छ । त्यस्तै बिहीबार चाँदीको भाउ प्रतितोला १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १७८० रुपैयाँ रहेको चाँदी आज १७९५ रुपैयाँ पुगेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4