+
+

सुनको भाउ बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ३० गते ११:४०

३० कात्तिक, काठमाडौं । केही दिनयता लगातार घटेको सुनको भाउ शुक्रबार सामान्य बढेको छ ।

अघिल्लो दिनको तुलनामा यस दिन प्रतितोला १ सय रुपैयाँले मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँ मूल्य तय गरेको छ ।

अघिल्लो दिन १ लाख ६० हजार थियो । कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १९०५ रुपैयाँ रहेको चाँदी यस दिन १९१० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?