+
+

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा २ हजार बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २ गते १०:३७

२ कात्तिक, काठमाडौं । दिनदिनै नयाँ कीर्तिमान बनाउँदै बढिरहेको सुन शुक्रबार तोलामा २ हजार बढेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्ने क्रम जारी रहेपछि त्यसको प्रभाव नेपाली बजारमा परेको हो ।

नजिकिँदो अमेरिकी राष्ट्रपतिको चुनाव र त्यसबाट निम्तिन सक्ने अनिश्चित वातावरण तथा मध्यपूर्वको युद्धका कारण लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढेको रोयटर्सले उल्लेख गरेको छ । त्यस्तै चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १९५० रुपैयाँ रहेको चाँदी यस दिन १९८० रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?