२७ कात्तिक, काठमाडौं । मंगलबार सुनको भाउ प्रतितोला २४०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६५ हजार रुपैयाँ थियो । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९५५ रुपैयाँ रहेको चाँदी यस दिन १९२५ रुपैयाँमा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4