+
+
Shares

सुनको भाउ तोलामा बढ्यो ४३ सय

बिहीबार छापावाल सुन तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते १३:३५

७ फागुन, काठमाडौं । नेपाली बजारमा सुनको भाउ बिहीबार तोलामा ४ हजार ३ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहीबारका लागि तोकेको मूल्यसूची अनुसार छापावाल सुन तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बुधबार सुन तोलाको ३ लाख ४ सय रुपैयाँ थियो । मंगलबार ३ लाख १ हजार ९ सय, सोमबार ३ लाख २ हजार ८ सय र आइतबार ३ लाख ५ हजार ८ सय रुपैयाँ थियो ।

त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलामा १ सय ८० रुपैयाँ बढेको छ । आज चाँदी तोलाको ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार ४ हजार ८ सय ८० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?