+
+

फेरि बढ्न थाल्यो सुनको भाउ, दुई दिनमै २१ सय महँगियो

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ४ गते ११:३७

४ मंसिर, काठमाडौं । दुई दिनयता सुनको भाउ उकालो लागेको छ ।

आइतबार प्रतितोला १ लाख ६० हजार रुपैयाँमा रहेको सुन  सोमबार १ हजार बढेको थियो । आज मंगलबार फेरि ११ सय बढेसँगै प्रतितोला १ लाख ६२ हजार १ सय पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य उकालो लागेसँगै सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार पुगेको थियो । त्यसयता घट्दै गत आइतबार १ लाख ६० हजारसम्म झरेको थियो ।

चाँदीको भाउ पनि आज बढेको छ । अघिल्लो दिन प्रतितोला १९२० रुपैयाँ रहेको चाँदी यस दिन १९५५ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?