११ कात्तिक, काठमाडौं । आइतबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १ लाख ६६ हजार रुपैयाँ रहेको सुन यस दिन १ लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको छ ।
सुनको यो मूल्य हालसम्मकै उच्च हो । त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन २०७० रुपैयाँ रहेको चाँदी यस दिन २०८५ रुपैयाँ पुगेको छ ।
यसअघि चाँदीको मूल्यले कात्तिक ७ गते २१३५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4