२१ मंसिर, काठमाडौं । सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँ मूल्य तय गरेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँ थियो । कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ ।
चाँदीको भाउ बढेको छ । अघिल्लो दिन तोलाको १८८० रुपैयाँ रहेको चाँदी आज १८९० रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4