
३ भदौ, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घटेको छ ।
सोमबार छापावाला सुनको प्रतितोला मूल्य १ लाख ५२ हजार ३ सय रुपैयाँ तोकिएको छ । आइतबार छापावाल सुन तोलामा १ लाख ५२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार १ हजार ८ सय १० रुपैयाँ तोलामा चाँदीको कारोबार भएको थियो । सोमबार पनि त्यही मूल्यमा चाँदीको किनबेच भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4