+
+
Shares

कार दुर्घटनामा चालकको मृत्यु   

रासस रासस
२०८३ जेठ ३ गते १७:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती नगरपालिका–८ खरकट्टा जङ्गल क्षेत्रमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
  • दुर्घटनामा महोत्तरी मटिहानी नगरपालिका–३ का ६० वर्षीय श्रीनारायण यादव गम्भीर घाइते भएका थिए।
  • प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार यादवको उपचारका क्रममा मध्यबिन्दु प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

३ जेठ, त्रिवेणी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–८, खरकट्टा जङ्गल क्षेत्रमा आज कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु१च ३५२३ नम्बरको कार अनियन्त्रित भई पल्टिएको थियो ।

दुर्घटनामा कार चालक महोत्तरीको मटिहानी नगरपालिका–३ का ६० वर्षीय श्रीनारायण यादवको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पण्डितले बताए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका यादवको उपचारका क्रममा मध्यबिन्दु प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?