+
+
Shares

बैतडीमा भारतीय नम्बरको कार दुर्घटना हुँदा तीन घाइते

कञ्चनपुरदेखि बैतडीको शिवनाथ जाँदै गरेको  एच आर ५५ ए एच ९८३३ नम्बरको भरतीय नम्बरप्लेटको कार मंगलबार दिउँसो साढे ४ बजे दुर्घटना भएको हो ।

कृष्ण बिष्ट कृष्ण बिष्ट
२०८३ वैशाख १ गते २०:१५

१ वैशाख, बैतडी । बैतडीमा भरतीय नम्बरको कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । कञ्चनपुरदेखि बैतडीको शिवनाथ जाँदै गरेको  एच आर ५५ ए एच ९८३३ नम्बरको भरतीय नम्बरप्लेटको कार मंगलबार दिउँसो साढे ४ बजे दुर्घटना भएको हो ।

घाइते हुनेमा चालक बैतडीको शिवनाथ गाउँपालिका–६ का २७ वर्षीय भरत दयाल, सोही ठाउँका २८ वर्षीय महेश सुतार र २६ वर्षीय जयराज दुलाल रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी दीपककुमार रायले जानकारी दिए ।

घाइते सुतारको टाउको र आँखामा चोट लागेको छ भने दुलालको टाउको तथा छातीमा चोट लागेको छ ।

घाइते तीनै जनाको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?