
२८ कात्तिक, काठमाडौं । दुई सातामा सुनको भाउ प्रतितोला ८ हजार ८०० रुपैयाँ घटेको छ । अघिल्लो दिनको तुलनामा बुधबार थप ४ सय रुपैयाँले मूल्य घटेको हो ।
अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँ रहेको सुन आज बुधबार १ लाख ६२ हजार २ सय रुपैयाँ तोकिएको छ ।
कात्तिक १५ गतेयता सुन ८ हजार ८ सय रुपैयाँले घटेको हो । कात्तिक १५ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने बुधबार बढेको छ ।
अघिल्लो दिन प्रतितोला १९२५ रुपैयाँ रहेको चाँदी यस दिन १९४० रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4