१६ भदौ, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार ९ सय रुपैयाँ थियो । यसअघि बिहीबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँ थियो ।
सुनसँगै चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८२० रुपैयाँ रहेको चाँदी आज १७९५ रुपैयाँमा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4