 
																			१४ मंसिर, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा १६०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ९०० रुपैयाँ तय गरेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८०० रुपैयाँ रहेको चाँदी यस दिन १८४५ रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य केही बढेसँगै नेपालमा प्रभाव परेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4