+
+

सुन तोलामा ८ सय बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ७ गते ११:४२

७ कात्तिक, काठमाडौं । सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ तोकेको छ ।

सुनको यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला २१०० रुपैयाँ रहेको चाँदी यस दिन २१३५ रुपैयाँ कायम भएको छ । चाँदीको आजको भाउ पनि हालसम्मकै उच्च हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?