+
+
Shares

सुन तोलामा १२ सय घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते ११:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ।
  • आज सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ कायम भएको महासंघले जानकारी गराएको छ।
  • चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घट्दा आज प्रतितोला ४ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको छ।

३० असार, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १२ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८५ हजार २ सय रुपैयाँ थियो ।
गत मंगलबार सुनको भाउ तोलामा २ लाख ८८ हजार रुपैयाँ थियो ।

चाँदीको भाउ आज तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ३६० रुपैयाँमा झरेको छ । यसअघि गत सोमबार चाँदी ४ हजार ५५५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?