News Summary
Generated by OK AI. Editorially reviewed.- आइतबार सुनको भाउ प्रतितोला ४ हजार ७ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य २ लाख ७९ हजार १ सय रुपैयाँ रहेको थियो ।
- चाँदीको मूल्यमा पनि वृद्धि भई आज प्रतितोला ४ हजार ३ सय २५ रुपैयाँ पुगेको छ ।
१४ असार, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ४ हजार ७ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
एक साताको अवधिमा सुनको भाउ ३ हजार ५ सय रुपैयाँ घटेको छ । गत आइतबार सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ३ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदी आज तोलामा १४५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार १८० रुपैयाँमा कायम भएको चाँदी आज ४ हजार ३२५ रुपैयाँ पुगेको छ । गत आइतबार चाँदीको भाउ प्रतितोला ४ हजार ६९० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4