+
+
Shares

सुन प्रतितोला १४ सय बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते ११:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोमबार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेर २ लाख ८८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
  • यस्तै चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ बढेर प्रतितोला ४ हजार ७ सय ३० रुपैयाँ पुगेको छ ।

८ असार, काठमाडौं । सोमबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । गत सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदी आज तोलामा ४० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७३० रुपैयाँ कायम भएको छ । गत सोमबार चाँदीको भाउ प्रतितोला ५ हजार १५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?