News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँ तोकेको छ ।
- अघिल्लो दिनको तुलनामा सुन तोलामा २ हजार ३ सय रुपैयाँ घटेको छ ।
- चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँ घटेर प्रतितोला ४ हजार ६२५ रुपैयाँ कायम भएको छ ।
१ असोज, काठमाडौं । सुनको भाउ फेरि ३ लाखमुनि झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिनको तुलनामा आज सुन तोलामा २ हजार ३ सय रुपैयाँ घटेको हो । अघिल्लो दिन ३ लाख १ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा ६० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६८५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ६२५ रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4