+
+
Shares

तोलामा १ हजार ६ सय रुपैयाँ बढ्यो सुन, चाँदी घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १०:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँ बढेर ३ लाख १ हजार ३ सय रुपैयाँ तोकेको छ।
  • चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ घटेर ५ हजार १६० रुपैयाँमा कायम भएको छ।
  • गत मंगलबार सुनको मूल्य २ लाख ९९ हजार ८ सय र चाँदीको मूल्य ५ हजार ६५ रुपैयाँ थियो।

८ वैशाख, काठमडौं । मंगलबार सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँ बढेको हो । चाँदी भने तोलामा ३० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । गत मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ प्रतितोला ३० रुपैयाँ घटेसँगै ५ हजार १६० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन ५ हजार १९० रुपैयाँ थियो । गत मंगलबार चाँदी ५ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?