+
+
Shares

सुन तोलामा १ हजार ६ सय रुपैयाँ बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते ११:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनको मूल्यमा प्रतितोला १ हजार ६ सय रुपैयाँको वृद्धि भई आज ३ लाख ६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा ६० रुपैयाँ बढेर ४ हजार ७७० रुपैयाँ पुगेको छ ।
  • अघिल्लो दिन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा आज पुनः वृद्धि देखिएको छ ।

१ भदौ, काठमाडौं । अघिल्लो दिनको तुलनामा सोमबार सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ हजार २ सय रुपैयाँ थियो ।

गत सोमबार सुनको भाउ प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ आज तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ७१० रुपैयाँ रहेको चाँदीको भाउ आज ४ हजार ७७० रुपैयाँ कायम भएको छ । गत सोमबार चाँदीको भाउ प्रतितोला ४ हजार ६७० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?