News Summary
Generated by OK AI. Editorially reviewed.- सुनको भाउ २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा २ हजार ८ सय रुपैयाँले बढी हो।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले पुस १३ गते पनि सुनको मूल्य २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको उल्लेख गरेको छ।
- चाँदीको मूल्य नयाँ रेकर्ड बनाउँदै ४ हजार ९९० रुपैयाँ प्रतितोला पुगेको छ, जुन अघिल्लो दिनभन्दा २१० रुपैयाँले बढी हो।
२७ पुस, काठमाडौं । सुनको भाउ फेरि २ लाख ७० हजार नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज प्रतितोला २ हजार ८ सय रुपैयाँले सुन महँगिएको हो ।
महासंघले यस दिनका लागि सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ तय गरेको छ । यसअघि पुस १३ गते पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । यो मूल्य नै उच्च हो ।
अघिल्लो दिन सुन तोलामा २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । चाँदी आज तोलामा २१० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ७८० रुपैयाँमा चाँदी कारोबार भएकोमा आज ४ हजार ९९० रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4