News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँ तोकेको छ।
- सोमबार सुनको भाउ अघिल्लो दिनभन्दा ७ सय रुपैयाँले बढेको छ।
- सोमबार चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घटेर ३ हजार ५८५ रुपैयाँ कायम भएको छ।
२२ मंसिर, काठमाडौं । सोमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
पछिल्ला केही दिनयता सुनको भाउमा सामान्य घटबढ देखिएको छ । असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।
सोमबार चाँदी भने तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ६०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ५८५ रुपैयाँमा कायम भएको छ । गत बुधबार चाँदी हालसम्मकै उच्च ३ हजार ६५५ रुपैयाँ पुगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4