
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको भाउ प्रतितोला २ लाख १४ हजार ७ सय रुपैयाँ तोकेको छ।
- सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ३ हजार १ सय रुपैयाँले बढेको छ।
- चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेर २५१५ रुपैयाँ पुगेको छ।
२४ भदौ, काठमाडौं । मंगलबार सुनको भाउ फेरि बढेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला ३ हजार १ सय रुपैयाँले सुन महँगिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख १४ हजार ७ सय रुपैयाँ तोकेको छ । सुनको यो भाउ हालसम्मकै उच्च हो ।
अघिल्लो दिन २ लाख ११ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको मूल्यले पनि रेकर्ड बनाएको छ ।
अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रुपैयाँले चाँदीको भाउ बढेको हो । हिजो प्रतितोला २४७५ रुपैयाँ रहेको चाँदी आज २५१५ रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4