+
+
Shares

सुनको भाउले नाघ्यो २ लाख ४० हजार, चाँदी ३२ सय माथि

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २७ गते ११:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँ तोकेको छ।
  • सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ४ सय रुपैयाँले बढेको छ।
  • अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ५० अमेरिकी डलर नाघेको छ र चाँदीको मूल्य प्रतितोला ३ हजार २ सय २० रुपैयाँ पुगेको छ।

२७ असोज, काठमाडौं । सुनको भाउ तोलामा २ लाख ४० हजार नाघेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ४ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो।

सुनको आजको मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा पनि मूल्यले रेकर्ड बनाउँदै प्रतिऔंस ४ हजार ५० अमेरिकी डलर नाघेको छ । चाँदीको भाउ प्रतितोला ३ हजार २ सय २० रुपैयाँ पुगेको छ । चाँदी अघिल्लो दिनको तुलनामा आज प्रतितोला ९५ रुपैयाँ बढेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?