+
+
Shares

तोलामा ९ सय घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २ गते १०:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले २ असोजका लागि सुनको भाउ प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँ तोकेको छ।
  • सुनको भाउ बिहीबार प्रतितोला ९ सय रुपैयाँ घटेको छ, जुन मंगलबारको उच्च मूल्य २ लाख १७ हजार १ सय रुपैयाँभन्दा कम हो।
  • चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँ घटेर २५२० रुपैयाँ पुगेको छ, जुन मंगलबारको उच्च मूल्य २५९५ रुपैयाँभन्दा कम हो।

२ असोज, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला २ लाख १६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार हालसम्मकै उच्च २ लाख १७ हजार १ सय रुपैयाँ पुगेको थियो ।

चाँदी तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २५५० रुपैयाँमा कारोबार भएको चाँदी आज २५२० रुपैयाँमा झरेको छ । मंगलबार चाँदीको मूल्य हालसम्मकै उच्च प्रतितोला २५९५ रुपैयाँ पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?