
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली बजारमा सुनको भाउ तोलाको २ लाख २३ हजार २ सय रुपैयाँ कायम भएको छ जुन अहिलेसम्मकै उच्च भाउ हो।
- शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला ७ सय रुपैयाँ र चाँदीको भाउ ७० रुपैयाँले वृद्धि भएको छ।
- अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ७ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
१२ असोज, काठमाडौं । नेपाली बजारमा सुनको भाउले फेरि नयाँ कीर्तिमान कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको भाउ तोलाको २ लाख २३ हजार २ सय रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार नेपाली बजारमा यो अहिलेसम्मकै उच्च भाउ हो । ८ असोजमा सुनको भाउले २ लाख २३ हजारको आँकडा छोएको थियो । त्यसपछि केही घटेको सुनले आज अर्को कीर्तिमान बनाएको हो ।
शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला ७ सय रुपैयाँ बढेको छ । आज चाँदीको भाउ तोलाको २ हजार ८ सय १० रुपैयाँ पुगेको छ । यो पनि रेकर्ड भाउ हो । शुक्रबारको तुलनामा चाँदीमा प्रतितोला ७० रुपैयाँ वृद्धि भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ७ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको देखिन्छ ।
प्रतिक्रिया 4