News Summary
Generated by OK AI. Editorially reviewed.- शुक्रबार सुनको मूल्य तोलामा तीन हजार एक सय रुपैयाँले घटेर दुई लाख ८२ हजार एक सय रुपैयाँ कायम भएको छ ।
- चाँदीको मूल्य तोलामा १२५ रुपैयाँले घटेर आज चार हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
- सुनचाँदीका गरगहनामा आजदेखि शून्य दशमलव पाँच प्रतिशत सिप प्रवद्र्धन शुल्क लागू भएको छ भने दुई प्रतिशत बिलासी शुल्क हटेको छ ।
१ साउन, काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार १ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ८५ हजार २ सय रुपैयाँ थियो । गत शुक्रबार सुनको भाउ २ लाख ८७ हजार ४ सय रुपैयाँ थियो ।
चाँदीको भाउ आज तोलामा १२५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार २ सय रुपैयाँमा झरेको छ । गत शुक्रबार चाँदी ४ हजार ५१० रुपैयाँ थियो ।
यसैबीच आजदेखि सुनचाँदीका गरगहनामा ०.५ प्रतिशत सिप प्रवद्र्धन शुल्क लाग्ने भएको छ । बिक्रीकर्ताले अन्तिम मूल्यमा सो शुल्क गणना गर्नेछन् । अर्कोतर्फ सुनका गहनामा लाग्ने गरेको २ प्रतिशत बिलासी शुल्क भने हटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4