+
+
Shares

तोलामा ७ हजार २ सय रुपैयाँ बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते ११:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुधबार सुनको भाउ प्रतितोला ७ हजार २ सय रुपैयाँले बढेर २ लाख ९९ हजार रुपैयाँ पुगेको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको भाउ २ लाख ९९ हजार रुपैयाँ तोकेको छ।
  • चाँदीको भाउ पनि प्रतितोला २०५ रुपैयाँले बढेर ५ हजार २५ रुपैयाँ पुगेको छ।

२५ चैत, काठमाडौं । बुधबार सुनको भाउ तोलामा ७ हजार २ सय रुपैयाँ बढेको छ । अमेरिका, इजरायल र इरानबीच युद्ध अन्त्यका लागि पहल भएसँगै कच्चा तेलको मूल्य घट्दा अन्तर्राष्ट्रिय बजारमै सुन महँगिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९९ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

गत बुधबार सुनको भाउ प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ थियो । आज चाँदी पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला २०५ रुपैयाँ बढेको हो ।

हिजो प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २५ रुपैयाँ पुगेको छ । गत बुधबार चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?