News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ८१ हजार रुपैयाँ तोकेको छ।
- सुनको भाउ विगत एक सातामा १३ हजार ५ सय रुपैयाँ घटेको छ।
- चाँदीको भाउ पनि शुक्रबार प्रतितोला ४ हजार ६७० रुपैयाँमा झरेको छ।
१३ चैत, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८१ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
समग्रमा विगत एक सातामा सुनको भाउ १३ हजार ५ सय रुपैयाँ घटेको छ । गत शुक्रबार २ लाख ९४ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५० रुपैयाँ घटेको हो । हिजो प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६७० रुपैयाँमा झरेको छ । एक सातामा चाँदी २२५ रुपैयाँ घटेको छ । गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4