+
+
Shares

सुनको भाउ फेरि उकालो लाग्यो, एक सातामै बढ्यो १६ हजार

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १७ गते ११:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनको भाउ एक सातामा प्रतितोला १६ हजार ३ सय रुपैयाँले बढेर २ लाख ९० हजार २ सय रुपैयाँ पुगेको छ।
  • गत मंगलबार सुनको भाउ प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँ थियो भने आज ६ हजार ७०० रुपैयाँले बढेको छ।
  • चाँदीको मूल्य पनि एक सातामा प्रतितोला ३४० रुपैयाँले बढेर आज ४ हजार ८४५ रुपैयाँ कायम भएको छ।

१७ चैत, काठमाडौं । सुनचाँदीको भाउ फेरि उकालो लागेको छ । एक सातामा सुनको भाउ प्रतितोला १६ हजार ३ सय रुपैयाँ बढेको छ ।

गत मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भएकोामा आज २ लाख ९० हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला ६ हजार ७०० रुपैयाँ बढेको हो ।

त्यस्तै चाँदीको मूल्य आज तोलामा १४५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ८४५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । एक सातामा चाँदी प्रतितोला ३४० रुपैयाँ बढेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?