+
+
Shares

सुनको भाउ एकैदिन ४ हजार घट्यो, चाँदीको कति ?

शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार रुपैयाँ र चाँदी प्रतितोला ३ सय ५५ रुपैयाँ घटेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १ गते १२:१९

१ जेठ, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार रुपैयाँ र चाँदी प्रतितोला ३ सय ५५ रुपैयाँ घटेको हो ।

आज सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबार भने सुन प्रतितोला ३ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै शुक्रबार चाँदी प्रतितोला ५ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?